८ जेष्ठ २०७७, बिहीबार
  • तारा आचार्य,

विराटनगर, ८ वैशाख । नेपाल डेन्टल एसोसिएसन मोरङ्ग शाखा दन्त चिकित्सक र विरामी दुबैको स्वास्थ्यलाई ध्यानमा राख्दै सम्पूर्ण दन्त चिकित्सक, डेन्टल क्लिनिक र डेन्टल अस्पतालहरुमा एक हप्ताको लागि उपचार बन्द गर्ने निर्णय गरेको छ ।

विश्वभरी संक्रमण फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको र संक्रमण फैलिने मुख्य माध्यम नाक तथा मुखबाट निस्किने ड्रपलेट्स एरोसोलस् भएकाले कुनै पनि दन्त उपचारको क्रममा यस्ता मुखबाट निस्किने ड्रपलेट्स एरोसोलस्हरु फैलिने सम्भावना उच्च भएकाले केहि समयका लागि सेवा बन्द गर्नु पर्ने भएको एसोसिएसनका अध्यक्ष डा. अमित प्रताप शाहले जानकारी दिनुभयो ।

देशै लकडाउन भएको अवस्थामा उच्च जोखिममा रहेर उपचारमा खटिने स्वास्थकर्मीहरुको स्वास्थ्लाई समेत ध्यानमा राखेर संक्रमण फैलनबाट रोक्नका लािग मोरङमा सञ्चालित डेन्टल सम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको अध्यक्ष डा. शाहले जानकारी दिनुभयो ।

एसोसिएसनले मोरङमा कोरोना संक्रमित बढ्न थालेपछि यसको संक्रमण धेरैमा हुन सक्ने भएकाले भयावह स्थिति आउनबाट रोक्नको लागि पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने माग गरेको छ ।

चिकित्सकहरुलाई अत्यावश्यक ट्रमा केशका विरामीको उपचार गर्दा समेत व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य रुपमा लगाएर मात्र उपचार गर्न अध्यक्ष डा. शाहले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV