८ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, ०८ जेठ । उपत्यकाबाट लकडाउनका बेला चलेका २७ सयभन्दा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ती सवारीहरुरलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारी मध्ये २६ सय दुई पाङग्रे रहेका छन् । त्यस्तैगरी अन्य चार पाङग्रे गाडी रहेको बताइएको छ ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न सरकारले अति अवाश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको छ । नियन्त्रणमा परेका सबै सवारीलाई साँझ ७ बजे छोडिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV