७ जेष्ठ २०७७, बुधबार
  • हरिशंकर शर्मा,

बारा, ७ जेठ । लकडाउनको समयमा भारतबाट नेपाल छिरेका बाराबासीहरुलाई २४ दिन क्वारेन्टाइनमा राखेर घर फर्काइएको छ ।

बारागढी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा २४ दिनदेखि बस्दै आएका सोही गाउँपालिकाका ७ जना स्थानीयलाई विभिन्न व्यक्तिको रोहबरमा घर फर्काइएको हो ।

भारतको विभिन्न सहरमा काम गर्दै आएका र लकडाउनको समयमा नेपाल छिरेका गाउँपालिकाका विभिन्न वडाका ७ जनालाई बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, स्थानीय जनप्रतिनिधि तथा प्रहरीको रोहबरमा घर फर्काएको हो ।

लकडाउनको समयमा लुकिछिपी नेपाल छिरेका उनीहरुको गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिदै आएको थियो ।

करिब तीन सातामा पनि कोरोनाका कुनै पनि लक्षणहरु देखा नपरेको कारण उनीहरुको स्वास्थ्य चेकजाँच गरी घर पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV