७ जेष्ठ २०७७, बुधबार
  • तारा आचार्य,

विराटनगर, ७ जेठ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि लुथरन विश्व फेडेरेसन (एलडब्ल्युएफ)ले ७ लाख बढीको स्वास्थ्य उपकरण प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

वुधवार लुथरनले ७ लाख १९ बढीको सामग्री प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो ।

एक्सरे मेसिन १ थान, इलेक्ट्रिक सक्सन मेसिन २ थान, अक्सिजन बनाउने मेसिन १ थान, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट ३० थान, आईआर थर्ममिटर ४ थान, एन ९५ मास्क १ सय २० थान र सर्जिकल मास्क ५ सय थान स्वास्थ्य सामग्री कोभिड अस्पतालमा संक्रमितलाई उपचारमा सहयोग पुग्ने उद्येश्यले लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतम लगायतले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

स्वास्थ्य उपकरणहरु ग्रहण गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा संक्रमण बढ्दै गएकाले भोलिका दिनहरुलाई कसरी सुरक्षित गर्ने भन्नेमा प्रदेश सरकार लागिपरेको बताउनु भयो ।

उहाँले कोरोना भाइरस विरुद्ध लड्नका लागि सवैको साथ सहयोग आवश्यक रहेको भन्दै स्वास्थ्य उपकरण उपलब्ध गराउने लुथरनलाई धन्यबाद दिनुभयो ।

लुथरनले यसअघि पनि सो अस्पताललाई ३ लाख ६० हजार बराबरको अनलाईन युपीएस हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV