६ जेष्ठ २०७७, मंगलवार
  • दिलिपकुमार सहनी

सिरहा , ६ जेठ । सिरहाको सिरहा नगरपालिका १७ स्थित माड़रको क्वारेन्टाइनमा रहेकाहरुलाई आरडीटी परीक्षण शुरू गरेका छन् ।

सिरहाको सीमावर्ती क्षेत्र माड़रको ब्रजहमोहन झब्बूराम जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका भारतको विभिन्न शहरहरुबाट फर्केर नेपाल प्रवेश गरेकाहरुको मंगलवार ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण सुरू गरेको हो।

पहिलो दिन क्वारेन्टाइनमा रहेका ८२ जना मध्ये २६ जनाको आरडीटी परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको सिरहा नगरपालिकाको मेडिकल ल्याव टेक्निसियन मोहम्मद असरफ अलीले न्यूज २४ लाई जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV