६ जेष्ठ २०७७, मंगलवार
  • विनय तिम्सीना,

इलाम ६ जेठ । इलाम देउमाई नगरापालिका–६ शान्तिडाँडामा बुबाको ज्यान लिएको आरोपमा छोरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इलामको देउमाई नगरपालिका ६ शान्तिडाँडाकी शुस्मा राईले आफ्नै बुबा फुलबहादुर राईको गएराति ज्यान लिएकी थिइन । उनलाई घटनास्थलको केही तल जंगलमा लुकिछिपी बसिरहेकी अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

साविक शान्तिडाँडा २ गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी शुस्माबीच झगडा भइरहने गरेको स्थानीय बासीको भनाइलाई उदृढ गर्दै इलाका प्रहरी कार्यालय मंगलबारेका इनिस्पेक्टर राजकिशोर शाहले जानकारी दिए ।

उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै ज्यान लिएकी प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
राति खाना खाइसकेपछि पनि शुस्मा राई र उनको बुबाबीच झगडा भएको थियो । फुलबहादुरको टाउकोमा चोट देखिएको छ ।

टाउकोमा चिर्पट प्रहार गरेर ज्यान लिएको हुनसक्ने बताइएको छ । ‘गहिरो चोट नदेखिएको कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ । अनुसन्धान भइरहेको छ’ इनिस्पेक्टर शाहले भने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV