६ जेष्ठ २०७७, मंगलवार
  • अमर काफ्ले

इटहरी, ६ जेठ । सुनसरीमा थप २ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । इटहरी- २ का एक १८ वर्षीय युवा र सीमामा कार्यरत एकजना सशस्त्र प्रहरीमा संक्रमण देखिएकाे हाे ।

१८ वर्षीय युवामा संक्रमण देखिएपछि इटहरी उपमहानगरकाे वडा नम्बर २, र ३ सिल गर्ने तयारी भइरहेकाे छ । इटहरीभर ५ दिन सबै बन्द गर्ने नगरस्तरीय सुरक्षा समितिकाे निर्णय ।

सुनसरीकाे पश्चिम कुसाहामा रहेकाे पाेष्टमा कार्यरत सशस्त्र प्रहरीमा संक्रमण पाइएकाे हाे । यससँगै जिल्लामा सावधानी बढाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV