५ जेष्ठ २०७७, सोमबार

काठमाडौं, ५ जेठ । सरकारले स्वीकृत गरेको नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको नेपालको नयाँ नक्सामा भारतद्धारा अतिक्रमित नेपालको भूमिहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएका छन् ।

यसैगरी नेपालको नयाँ नक्सामा संघीयतामा गएपछि बनाइएका प्रदेश र स्थानीय तह पनि समेटिएका छन् ।

मन्त्रिपरिषदको बैठक पछि सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा। युवराज खतिवडाले नयाँ नक्सामा उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटिएको जानकारी दिनुभयो ।

जारी नयाँ नक्सा सबै सरकारी कामकाज र अन्य सबै क्षेत्रमा तत्काल प्रयोगमा ल्याइने पनि जनाइएको छ ।

LIVE TV