५ जेष्ठ २०७७, सोमबार

काठमाडौं, ५ जेठ । नेपाल बङ्गलादेश बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस महामारीविरुद्धको बीमा गरेको छ ।

बैंकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैकले जनाएको छ । बैंक र आईएमई जनरल इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बैकमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पीसीआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपूर्ति वापत उपलब्ध गराउने छ ।

हाल बैंकले आफ्ना ९५ वटा शाखा कार्यालय मार्फत नेपालभरी आफ्नो बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV