५ जेष्ठ २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, ५ वैशाख । प्रदेश १ सरकारले प्रदेशको आगामी बर्षे अधिवेशन जेठ १४ गतेका लागि आवहान गर्ने भएको छ ।

सोमबार वसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले जे १४ गते अपरान्ह २ बजेका लागि प्रदेशसभाको छैटौं तथा बर्षे अधिवेशन आहवान गर्ने निर्णय गरेको प्रदेश १ सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मनत्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

बर्षे अधिवेशनको आहवानसंगै प्रदेश सरकारलाई आगामी आर्थिक बर्ष २०७७/०७८को बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बाटो खुलेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV