४ जेष्ठ २०७७, आईतवार

न्यूजिल्याण्ड, ४ जेठ । न्यूजिल्याण्ड सरकारले विश्वभर फैलिएको कोरोना भाइरसका कारण खेलकुद क्षेत्रमा परेको आर्थिक नोक्सानी कम गर्न सय ५७ मिलियन अमेरिकी डलर सहयोग गरेको छ ।

कोरोनाका कारण खेलकुद क्षेत्रमा परेको असर र आर्थिक नोक्सानीलाई कम गर्ने हेतुले सरकारले नै रकम छुट्याइएको छ । न्यूजिल्याण्डका खेलकुद मन्त्री ग्रान्ट रोबेर्टसनले सरकारबाट सहयोग आएको बताए ।

न्यूजिल्याण्डका अर्थ मन्त्री समेत रहेका ग्रान्टले सरकारको बजेट भाषणमा सो सहयोग राखेका हुन । बजेट भाषणका क्रममा उनले तत्काल नोक्सानी कम गर्नका लागि रकम छुट्याइएको बताए ।

कोरोनाका कारण धेरै ब्यवसायिक खेलहरु र खेलाडीलाई मार परेको हुँदा यो बजेटले केहि राहत मिल्ने विश्वास लिइएको छ ।

कोरोनाकै कारण गत मार्चबाट न्यूजिल्याण्डमा पनि खेलकुद गतिविधि ठप्प छ । तर, अब भने सरकारले ब्यवसायीक खेलहरु विना दर्शक आयोजना गर्न प्रबन्ध मिलाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV