
ब्रसेल्स, ४ जेठ । कोरोना भाइरसको प्रभावका कारण विश्व फुटबल ठप्प छ । कोरोनाकै भाइरसकै कारण फुटबल गतिविधि सञ्चालन हुन कठिन देखिएको छ ।
यही अवस्थामा बेल्जियममा रोकिएको लिग फुटबल यत्तिकै टुंग्याउने क्लबहरुबीच सहमति भएको छ । लिग टुंग्याउने सहमति भएसँगै क्लब ब्रुग्स लिग विजेता बनेको छ ।
क्लब ब्रुग्स दोस्रोमा रहेको जेन्टसँग नै १५ अंकको अग्रता बनाइसकेको थियो । ब्रुग्सका लागि यो लिगको १७ औँ उपाधि हो ।
त्यस्तै उसले गएको पाँच वर्षमा मात्रै यो तेस्रो उपाधि जितेको हो । योसँगै आउँदो वर्षको च्याम्पियन्स लिगको समूहचरणमा ब्रुग्सले स्थान पक्का गरेको छ ।