४ जेष्ठ २०७७, आईतवार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, ४ जेठ । कपिलवस्तु अस्पतालमा कार्यरत कोरोना संक्रमित नर्ससँग नजिक रहेर काम गर्ने ६ जना डाक्टर र नर्सहरुकोे परिवारको नतिजा नेगेटिभ आएको छ ।

पहिलो लटमा ७ जनाको परीक्षण गर्न पठाइएको थियो, भने सबैको नतिजा नेगेटिभ आएको अस्पत्तालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर गणेश क्षेत्रीले बताए ।

मेसु डाक्टर किशोर बन्जाडे, पूर्ण बहादुर घर्ती, गणेश क्षेत्री, पुनम लामा, नबिन सापकोटा, मणिराज नयौपानेको रिपार्ट नेगेटिभ आएको हो । बिहीवार ७ जना र शुक्रवार १ सय ४ जनाको स्बाव संककल गरी परीक्षणका लागि पाठाइएको थियो ।

संक्रमित नर्सका बुवा आमासहित ६ जनामध्ये ५ जनाको रिपार्ट पनि नगेटिभ आएको डाक्टर क्षेत्रीले बताए । अस्पतालमा कार्यरत ९ जना डाक्टर मध्ये ६ जनाको परिवारको रिपार्ट आएको हो ।

१ सय ११ जनामध्ये ८८ जनाको रिपार्ट आइसकेको र बाँकी २३ जनाको आउन बाकी रहेको जानकारी गराइएको छ ।

सोमवारसम्म सबैको रिपार्ट आउने जानकारी गराइएको छ । नर्स कोरोना संक्रमित भेटिएपछि गत शुक्रवारदेखि अस्पतालमा आकस्मिक र प्रसुति सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।

अस्पतालका कर्मचारीहरुको रिपोर्टका आधारमा अस्पतालको सरसफाई गरिएपछि पुनः सेवा सुरु गरिने डाक्टर क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV