४ जेष्ठ २०७७, आईतवार
  • केदार शर्मा

चितवन, ४ जेठ । नारायणी नदीमा पौडी खेल्न गएका दुई युवा नदीमा डुबेर बेपत्ता भएका छन् ।

भरतपुर १६ स्थित गणेश मन्दिर नजिकै उनीहरू पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार राधाकृष्ण टोलका २५ बर्षका विवेक भट्टराई र प्रवीण दवाडी आइतबार साँझ ५ बजेको समयमा वेपत्ता भएका हुन् ।

वेपत्ता दुवैको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV