४ जेष्ठ २०७७, आईतवार
  • सुमन कार्की

पाल्पा,४ जेठ । आइतबार दिउँसो पाल्पाको रामपुर नगरपालिका १० मलौटेघाटबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई बालक वेपत्ता भएका छन् ।

वेपत्ता हुनेहरुमा रामपुर १० सिको डाँडा पाल्पाका रेशम भट्टराईको छोरा १० वर्षीय सुनिल भट्टराई र सोही स्थानका तिलकराम चापागाईको छोरा १० वर्षीय समिर चापागाई वेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले बताउनुभयो ।

सुनिल र समिरसहित ५ जना बालकहरु आइतबार दिउँसो १ बजे पौडी खेल्न गएका हुन् । ४ बजे तिर बेपत्ता भएको खबर प्राप्त भएपछि स्थानीयहरु, इलाका प्रहरी कार्यालय रामपुर र हुँगी प्रहरी चौकीले खोजी कार्य गरिरहेको रामपुर १० का वडा अध्यक्ष लिल बहादुर गाहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV