४ जेष्ठ २०७७, आईतवार

एजेन्सी, ४ जेठ । उत्तर र दक्षिण पाकिस्तानमा दुई जना युवतीहरुलाई अफ्नै परिवारले मारेका छन् ।

दुईजना युवतीहरूलाई इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडियोको कारण परिवारको एक सदस्यले गोली हानेर मारेको जनाइएको छ ।

ती दुई युवतीको एउटा युवकसँगको छोटो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरुलाई मारेको प्रहरीले जनाएको छ । १६ र १८ वर्षका युवतीहरूको हत्याको कारण एक युवकले तीनजना युवती देखिने गरी एकान्त स्थलमा लिएको एउटा सेल्फी भिडियो रहेको बीबीसीमा उल्लेख छ ।

प्रहरीको टोली उक्त घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV