४ जेष्ठ २०७७, आईतवार

एजेन्सी, ४ जेठ । इजरेलको लागि चिनियाँ राजदूत दु वेइको मुत्यु भएको छ । उनी आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएको इजरेलका सञ्चार माध्यमहरूले जनाएका छन्।

वेइ राजधानी तेल अभिभको हेर्जलिया उपनगरमा रहेको आफ्नै आवासगृहमा मृत अवस्थामा भेटिएको बीबीसीमा खबर छ ।

५८ वर्षीय वेइ आफ्नै ओछ्यानमा मृत भेटिएको तर मृत्युको कारण भने नखुलेको जनाइएको छ ।

युक्रेनमा चिनियाँ दूतको रूपमा काम गरेका उनी गत फेब्रुअरी महिनामा राजदूत नियुक्त भएका थिए। चीनले उनको मृत्युको पुष्टि गरेको छैन।

प्रतिक्रिया दिनुहोस्
LIVE TV