४ जेष्ठ २०७७, आईतवार

जनकपुरधाम, ४ जेठ । धनुषाको पछिलो अपडेटअनुसार संक्रमित भनिएका दुई व्यक्ति चितवनबाट नआएर भारतको मुम्बईबाट आएको खुलेको छ । धनुषाको नगराइन नगरपालिकाको क्वारेनटाइनमा रहेका ती दुबै जना संक्रमितले स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी समेतलाई झूठो विवरण दिएका थिए ।

यसअघि उनीहरूले आफू चितवनबाट आएको बताएका थिए । क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरका अनुसार उनीहरूलाई पटक-पटक सोधपुछ गर्दा झूटाे विवरण दिएका थिए । तर, उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमाबाट क्वारेन्टाइनसम्म ल्याएको कुरा मोटरसाइकल चालकले नै बताएपछि उनीहरू चितवनबाट नआएर भारतको मुम्बईबाट आएको कुरा खुलेको हो ।

मुम्बईमा उनीहरूले मजदूरी गर्ने गरेका थिए । बेला भन्ने गाउँमा खाना समेत खाएको कुरा खुलेको ठाकुरले बताए ।

संक्रमितहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोभिड अस्पतालमा पठाइसकिएको छ । संक्रमित दुबै जना धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास भन्ने टोलका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV