
- मनोज श्रीवास्तव,
कपिलवस्तु ३,जेठ । कपिलवस्तुको बद्धभूमि नगरपालिका– ६ महुवामा शनिवार मध्यान्नमा एक युवा मृत अवस्थामा फेला परेका छन ।
बिहान ५ बजे घरबाट शौच गर्न गएका २२ बर्षीय दिनेश मल्लाह मृत अवस्थामा फेला परेका हुन । घर देखि ८ सय मिटर पूर्वतर्फ मृत अवस्थामा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भोजपुरी गायक समेत रहेका मल्लाह लकडाउनको बेला घर फर्केका थिए ।
आधा दर्जन गीत गाएका मल्लाहको गीत हिट नभए पछि निराश बनेको स्थानीय बताउछन । मृतकका शरीरको कुनै चोटको निशान नदेखिएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण रानाले बताउनुभयो ।
शवलाई कपिलवस्तु अस्पालमा पोस्टमार्टम गरी परिवारलाई बुझाईएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान भईरहेको पनि उहाँको भनाइ छ । निराशामा रहेको मल्लाहले बिष सेवनबाट आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।