३ जेष्ठ २०७७, शनिबार

काठमाडौं, ३ जेठ । नेपालका पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनको काभ्रे धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको निधन पछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटले यसबारे अनुसन्धान भइरहेको बताए पछि शनिबार राति जारी विज्ञप्तीमा धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएकी सुत्केरी कोरोना भाइरसको कारण भएको उल्लेख गरेको छ ।

मन्त्रालयले नेपालमा कोरोनाको कारण मृत्यु भएको यो पहिलो भएको पनि प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV