३ जेष्ठ २०७७, शनिबार

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस शुक्रबार सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएको छ । शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव हालेको हो ।

संशोधन प्रस्तावका प्रस्तावक काँग्रेसद्वारा गठित छायाँ सरकारका अर्थमन्त्री डाक्टर मीनेन्द्र रिजाल र समर्थक सचेतक पुष्पा भुसाल र सांसद संजय गौतम हुनुहुन्छ । सरकारले कोराना संकटका बेला नीति तथा कार्यक्रम ल्याउँदा प्राथमिकता नै पहिचान गर्न नसकेको बैठकले निष्कर्ष निकालेको छ ।

कोरोना संकटबाट बाहिर ल्याउन कोरोना केन्द्रित नीति तथा कार्यक्रम नआएको र जनजीविकासँग जोडेर कुनै विषय नआएको कांग्रेसको ठहर छ । अवैधानिक रुपमा भारतबाट आएका मानिसहबाट कोरोना संक्रमण जोखिम बढेको भन्दै यस विषय सरकार गम्भीर नदेखिएको सांसदहरुको भनाइ छ ।

यस्तै, भोलिदेखि सुरु हुने नीति तथा कार्यक्रममाथिको छलफलमा आक्रमक रुपमा प्रस्तुत हुन समेत संसदीय दलका नेता शेरबहादुर देउवाले सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV