३ जेष्ठ २०७७, शनिबार

काठमाडौं, ३ जेठ । पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका दुई जना पुरुषहरु नेपाली सेनामा कार्यरत रहेका खुलेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुष दुवै जना नेपाली सेनामा कार्यरत रहेका खुलेको हो ।

५२ बर्षीय पुरुष भने नेपाली सेनाको मध्यपूर्वी पृतनाको पृतनापति भएको बताइएको छ । यद्धपि यसबारे नेपाली सेनाले कुनै औपचारिक धारण सार्वजनिक गरेको छैन ।यो पहिलो पटक नेपाली सेनाका कर्मचारीमा पनि कोरोना संक्रमण भेटिएका जानकारी गराइएको छ ।

अहिले उनीहरुको ट्राभल हिस्ट्रीको विषयमा खोजी कार्य भइरहेको छ जानकारी गराइएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या २७८ पुगेको छ, जसमध्ये ३६ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV