३ जेष्ठ २०७७, शनिबार
  • दानबहादुर बुढा,

मुगु, ३ जेठ । लकडाउनको समयको सदुपयोग गर्दै मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा रहेको एक विद्यालय निर्माणका लागि पहिलो पटक इन्टरलक इट्टा उत्पादन कार्य धमाधम भइरहेको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ कार्किवाडामा रहेको निम्न माध्यमिक बिद्यालय निर्माण गर्नको लागि छायाँनाथ रारा नगरपालिका,छायाँ नेपालको आर्थिक सहयोग र हिरिसडे नामक संस्थाको सहजीकरणमा निर्माण हुन लागेको बिद्यालय भवन निमार्णको लागि धमाधम इट्टा उत्पादन थालिएको हो ।

स्थानीय स्रोत साधन,माटो,बालुवा,सिमेन्टको सहयोगबाट निर्माण गरिएको इन्टरलक इट्टा हिजोआज लकडाउनको समयमा धमाधम निर्माण भइरहेको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त ल्याब परीक्षण गरेको गुणस्तरीय, इन्टरलक इट्टा १० प्रतिशत सिमेन्ट,३०प्रतिशत माटो,६०प्रतिशत बालुवा मिसावट गरी तयार गरिन्छ । ४ इन्च चौडाई, १२ इन्च लम्बाई ६ केजी तौल भएको यो इन्टरलक इट्टा उत्पादन भएको २१ दिनपछि मात्र प्रयोगमा ल्याउन सकिने छ ।

लकडाउनको समयमा सदुपयोग गदै बिद्यालय भवन निमार्णको लागि आवश्यक इट्टा उत्पादन भइरहेको हिरिसडेक मुगुका इञ्जिनियर बिर्ख रोकायाले जानकारी दिनुभयो ।

स्थानीय सामग्रीको प्रयोग हुने, स्थानीय मानिसहरुले रोजगार पाउने, भूकम्प प्रतिरोधात्मक हुने, बातावरणमा पनि कुनै असर नपर्ने भएको हुँदा ६ जना कामदार लगाएर दिनका १ सय ५० बटा सम्म ईन्टरलक ईट्टा उत्पादन भैरहेको छ ।

उत्पादन गरेको २४ घण्टासम्म शीतल ठाँउमा राख्ने र २४ घण्टा पछि २१ दिन सम्म पानीले नियमित भिजाउने गर्नु पर्छ । यति गरेपछि २१ दिन पछि यो इट्टा प्रयोगमा ल्याउन सकिन्छ ।

कोरोना भाइरसको कारण लकडाउनको समयमा केहि मिस्त्रीहरु बाहिरका भएकाले अहिले प्रति इट्टाको मूल्य ७८ रुपैयाँ सम्म पर्ने गरेको छ । लकडाउन खुलेपछि केही सस्तो हुने हिरिसडेक मुगुका कार्यकारी निर्देशक मिनबहादुर रावल बताउनु हुन्छ ।

लकडाउनका कारण निर्माण सामग्रीहरु पनि कम पाउने भएको र जिल्ला प्रशासन कार्यालयबाट काम गर्न अनुमति लिई विद्यालय निमार्णको लागि स्थानीय माटो,सिमेन्ट र बालुवा प्रयोग गरी इन्टरलक इट्टा मुगुमा पहिलो पटक उत्पादन गरिएको जानकारी पनि रावलले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV