३ जेष्ठ २०७७, शनिबार

काठमाडौं, ३ जेठ । छिमेकी राष्ट्र भारतले नेपाली भूमि मिचेको विषयमा नयाँ गीत सार्वजनिक गरिएको छ । राजानन्द माण्डव्यका शब्द रचनामा ‘सिमाना’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सुर ताल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई तिलक बस्नेतले स्वरबद्ध गरेका हुन् । गीतको भिडियोलाई निश्चल भट्टले सम्पादन गरेका हुन् ।

नेपालको सीमा बचाउन सबैलाई अनुरोध गर्दै राजानन्द माण्डब्यले ‘सिमाना’ गीतको भिडियो जेठ ३ गते शनिबार सार्वजनिक गरिएको जानकारी गराएका हुन् ।

सार्वजनिक उक्त नेपालको सिमाना तथा भू–भाग ब्रिटिस साम्राज्यदेखि नै मिचिएको देख्न र सुन्न सकिन्छ । हिजोको पुर्खाको योगदान र उनीहरुको बलिदान स्मरणीय रहेको भावहरु सिमाना गीतमा समावेश गरिएको छ । पछिलो समय नेपालीहरुले सीमामा भोग्नु परेको समस्यालाई पनि गीतले प्रस्ट पार्न खोजिएको छ ।

नेपालको सिमाना पूर्वमा टिस्टा नदिदेखि सिक्किम, दार्जिलिङ्ग हुदै पश्चिममा लिम्पियाधुरा, कुमाउ, गडवालसम्म थियो भन्ने इतिहासमा पढ्न पाइन्छ । सोही नेपाली भूमिको स्मरण गराउँदै यस गीतले स्वाभिमान जगाउने प्रयास गरेको छ ।

त्यस्तै वीर सपुत जन्मियोस्, जसले सिमामा पर्खाल लगाएर आफ्नो देशको सीमा बचाउन सकोस् भन्ने कामना पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV