३ जेष्ठ २०७७, शनिबार
  • केदार शर्मा

चितवन, ३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज (शनिबार) निकालेको विज्ञप्तीमा चितवन गड्यौली निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तर ती महिला चितवनमा नरहेको पुष्टि भएको छ । ती महिला हाल काठमाडौंमै रहेकी छिन् । उनले काठमाडौंकै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएकी थिइन् ।

ती संक्रमित महिला कहिले काठमाडौं गएकी हुन् भन्ने बारे खुलेको छैन । यसबारे कन्ट्याक्ट ट्रेसिङ हुनेछ ।

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले चितवनमा शुक्रबार परीक्षण गरिएकोमा कसैकोमा पनि कोरोना संक्रमण नदेखिएको बताए ।

उनले संक्रमित भनिएकी महिलाको परीक्षण काठमाडौंमै गरिएकाले सोही ठाउँमा बसोबास गरेको हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV