३ जेष्ठ २०७७, शनिबार

काठमाडाैँ, ३ जेठ । नेपालमा काेराेना संक्रमित संख्या २७३ पुगेकाे छ । शनिबार बिहान पुनः ६ जना नयाँ संक्रमित थपिएपछि कुल संख्या २७३ पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका ६ जना बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणमा बर्दियाकाे नार्खु- ११ का २८ वर्षीय एक महिलामा तथा सिरहाकाे सखुवा- १९ निवासी एक ३० वर्षीय पुरूषमा संक्रमण पुष्टि भएकाे छ । यससँगै सिरहाका बासिन्दामा पहिलाेपटक काेराेना देखिएकाे छ ।

यसैगरी पर्साकाे वीरगञ्ज- १२ निवासी २८ र २९ वर्षका २ पुरूष, सर्लाहीकाे रामनगर- ४ निवासी १८ वर्षकी एक किशाेरी र चितवनकाे गढाैली- १ निवासी २६ वर्षीय एक महिलामा संक्रमण देखिएकाे हाे । हाल उनी सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३६ जना संक्रमित भने उपचारपछि निकाे भएर घर फर्किसकेका छन् । २६७ जना भने आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV