३ जेष्ठ २०७७, शनिबार
  • अविरल बस्नेत

दाेलखा, ३ जेठ । शैलुङ गाउँपालिका वडा नम्बर २ झम्सीका ५२ वर्षिय विष्णुलाल तमाङले चिर्पट प्रहार गरी आफ्नै छोरा २७ वर्षीय सुवास तमाङको ज्यान लिएका छन् ।

सामान्य घरायसी विवादका कारण बैशाख २९ गते बाबुले चिर्पट प्रहार गर्दा घाइते भएका छाेरा तामाङलाई उपचारका लागि काठमाडौं त्रिवि शिक्षण हस्पिटल लगिएको थियो ।

उनको उपचारकै क्रममा जेठ १ गते मृत्यु भएको हाे । दाह-संस्कारका लागि गाउँ ल्याएपछि मात्र प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मृतकका बाबुलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV