३ जेष्ठ २०७७, शनिबार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७\७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त सदनमा आर्थिक वर्ष २०७७\७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी तीन वर्ष्भित्र काठमाडौँ\तराई दु्रतमार्गका निर्माण सम्पन्न गर्ने बताए ।

त्यसैगरी राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–नौबीसे सडक खण्डमा निर्माणाधीन २।६८ किलोमिटर सुरुङमध्ये आर्थिक वर्ष २०७७र७८ मा एक किलोमिटरको निर्माण सम्पन्न गर्ने घोषणा गरे ।

आर्थिक वर्ष २०७७र७८ मा सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डको सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु गरिने छ भने बेत्रावती–स्याफ्रुबेँसी–टोखा–छहरे, गुर्जे भञ्जाङ, खुटिया दिपायललगायतका सुरुङमार्ग अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV