३ जेष्ठ २०७७, शनिबार

काठमाडौं, ३ जेठ । जनता समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नीति तथा कार्यक्रमले संघीयताको धज्जी उडाइएको टिप्प्णी गर्नुभएकाे छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गरेलगत्तै भट्टराईको टिप्पणी आएको हो ।

भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै ट्वीटमार्फत् भन्नुभएकाे छ- ‘अहिलेसम्मकै सम्भवत: सबभन्दा लामो सरकारी नीति/कार्यक्रममा निकै आत्मप्रशंसा, केही सपना र अतिधेरै इच्छा-सूची रापद्वारा वाचन गराइयो ! प्रदेश/स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो। कसैले भनैझैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो ! हामी कहिलेसम्म मूर्ख बन्ने ? ’

LIVE TV