२ जेष्ठ २०७७, शुक्रबार

जुरिच, २ जेठ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीविरुद्ध लड्न कोष स्थापना गरेको छ ।

आईओसीको बोर्ड बैठकले कोरोनाविरुद्ध लड्न ८ सय मिलियन पाउण्डको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

आईओसीका अध्यक्ष थोमस वाचले कारोनाका कारण विश्व खेलकुद नै ठप्प रहेको अवस्थामा खेल संगठनका लागि कोष स्थापना गर्नु आईओसीको कर्तव्य भएको बताए ।

कोषको रकममध्ये ६ सय ५० मिलियन पाउण्ड आईओसीका स्थगित खेलका लागि प्रयोग गरिने बताइएको छ । त्यसबाहेक १ सय ५० मिलियन भने ओलम्पिक मुभमेन्ट, अन्तर्राष्ट्रिय फेडेरेसन, राष्ट्रिय संघ र आईओसीसँग सम्बन्धित संस्थाहरुलाई प्रदान गरिने छ ।

कोरोनाकै कारण विश्वका खेलकुद गतिविधि ठप्प अवस्थामा छन् । कोरोना कै कारण विश्व खेलकुद गतिविधि ठप्प हुदाँ आर्थिक नोक्सानी बढिरहेको छ ।

यसै वर्ष जापानमा तय भएको विश्व खेलकुदको कुम्भमेला ओलम्पिक खेलकुद समेत एक वर्षका लागि स्थगित गरिएको छ । ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म हुनेछ ।

LIVE TV