२ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, २ जेठ । घरेलु भूमिमा सम्पन्न १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुदमा नेपालले हात पारेको सफलताको विषय पनि समेटिएको छ ।

नीति तथा कार्यक्रममा सागमा ५१ स्वर्ण सहित २ सय ७ पदक जितेको विषयलाई समेटिएको हो । सागमा हात पारेको सफलताकै आधारमा आगामी दिनमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारले स्वास्थ्य तथा कृषि क्षेत्रलाई बढी महत्व दिएको नीति तथा कार्यक्रममा खेलकुदको क्षेत्रलाई पनि समेट्ने प्रयास गरेका छ ।

विशेष गरी खेलकुदको पूर्वाधार विकासमा जोड दिइएको छ । साहासिक खेलकुदको विकासका लागि उच्च पर्वतीय खेलकुद केन्द्र स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसैगरी निजी क्षेत्रबाट भइरहेको खेलकुदको पूर्वाधार निर्माणलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर सहयोगी वातावरण प्रवद्र्धन गर्ने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV