२ जेष्ठ २०७७, शुक्रबार
  • रामगोपाल तमखु,

भक्तपुर, २ जेठ । भक्तपुरका क्रियाशील २५ जना पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब स्वाब संकलाग गरिएको छ ।

सूचनाको लागि हरेक समय बाहिर हुने पत्रकारहरुलाई कोरोना भाइरसको जोखिम धेरै हुने भएकाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको संयोजनमा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा शुक्रबार नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्वाब संकलन गरिएको हो ।

नगरपालिकाद्वारा सञ्चालित अस्पतालका स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस परीक्षणको रिपोर्ट भोलि साँझसम्म आउने बताएको छ ।

विपत् र जोखिमको समयमा पनि पत्रकार सँधै अगाडि रहेर सूचना संकलन गर्नुपर्ने भएकाले जोखिम हुने देखिएर परीक्षण गरिएको नगर प्रमु मदन सुन्दर श्रेष्ठले बताउनुभयो ।

केही दिन अगाडि मध्यपुर नगरपालिकाका जनप्रतिनिधिहरु सबैको स्वाब परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

लकडाउनको अवस्थामा पनि जोखिम मोलेर जनताका लागि सूचना संकलन गर्न घर बाहिर हुने भएकाले स्वास्थ्य परीक्षण गरिएको जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताउनुभयो ।

LIVE TV