
एजेन्सी, ०२ जेठ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म ज्यान जानेको संख्या ३३ हजार ९ सय ९८ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३ सय ८४ भन्दा बढीले ज्यान गुमाएका छन् ।
बेलायतमा हालसम्म संक्रमितको संख्या दुई लाख ३६ हजार ७ सय ११ जना पुगेको छ । हिजोदेखि आजसम्म तीन हजार ५ सय ६० जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य विभागले पुष्टि गरेको मृत्युको आजको यो वृद्धि हिजो भन्दा कम रहेको जनाइएको छ ।
गत शुक्रबार ६ सय ३६ जनाको ज्यान गएको थियो । त्योसंग तुलना गर्दा मृत्युदरमा थोरै कमी आएको छ ।