२ जेष्ठ २०७७, शुक्रबार
  • रोशन दानी,

काठमाडौं, २ जेठ । चन्द्रागिरी नगरपालिकाले शनिबार (भोलि)देखि तीन दिनका लागि नगर सिल गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले भोलि मध्यान्ह १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगर सिल गर्ने निर्णय गरेको हो ।

नगरभित्र नै कोरोना संक्रमित फेला परेपछि यस्तो निर्णय गर्नु परेको चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले बताए ।

मेयर गिरीले भने, ‘कोही पनि अनावश्यकरूपमा हिँडगुल गर्न पाउँने छैनन् ।’ उनले फेरि थपे, ‘औषधि पसलहरुबाहेक सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ।’

चन्द्रागिरीमा संक्रमित भेटिएसँगै नगरपालिकाले सो क्षेत्रमा कडाइ गरेको हो ।
चन्द्रागिरी नगरपालिकाभित्र क्वारेन्टाइन राख्ने विषयमा पनि छलफल भइरहेको र कोरोना भाइरसविरूद्ध युद्ध स्तरमा लड्न तयार रहेको उपप्रमुख लिशा नकर्मीले बताए ।

अहिलेसम्म चन्द्रागिरीमा चार जना संक्रमित भेटिएका छन् । जोखिम नबढोस् भनेर सो कदम चालिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV