२ जेष्ठ २०७७, शुक्रबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु २ जेठ । कपिलवस्तुमा शुक्रवार ७ सञ्चारकर्मीसहित २ सय ६५ जनाको स्वाब सकलन गरिएको छ । जिल्लाका बिभिन्न स्थानमा स्बाव संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जन स्वास्थ्य प्रयोगशाला पठाईएको छ ।

जिल्ला स्बास्थ्य कार्यालय अनुसार कपिलवस्तु अस्पतालमा १ सय १० , महाराजगञ्जमा १ सय ५ र बिजयनगरमा ५० जनाको स्बाव सकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । रिपोटिङकाक्रममा जोखिममा परेका ७ जना पत्रकारले महाराजगञ्ज नगरपालिका– ८ सिसवा स्वास्थ्य चौकीमा पीसीआर टेष्टका लागि स्वाब दिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलारमा भुसालले बताउनुभयो ।

पत्रकार महासंघले जिल्ला स्बास्थ्य कार्यालय र प्रशासन कार्यालयलाई पीसीआर टेस्टका लागि माग गरेको थियो । राजमार्ग क्षेत्रका २, तौलिहवाका २ र कृष्णनगर क्षेत्रका ३ जनाको स्वाब संकलन गरिएको हो । यस्तै ४ दिन अघि कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्स कोरोना सक्रमित भेटिए पछि शुक्रवार अस्पतालका स्टाफ, प्रहरी, नर्सका परिवार गरी कुल १ सय ५ जनाको स्बाव संकलन गरिएको फोकलपर्सन थापाले जानकारी दिनुभयो ।

बिहीवार मात्र अस्पतालका मेसु र संक्रमित नर्ससहित ७ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै बिजयनर गाउपालिकाका क्वारेन्टाइनमा रहेका ५० जनाको समेत शुक्रवार स्बाव सकलन गरिएको छ । भारतको बिभिन्न शहरबाट फर्केर क्वारेन्टाइनमा ७ दिन बिताएकाहरुको स्बाव सकलन गरिएको हो । हाल सम्म कुल ९ सय ३४ जनाको स्बाव संकलन गरिएको छ ।

पुरानो ६ सय ६९ मध्ये अब २८ जनको मात्र रिपोर्ट आउन बाँकी छ । शुक्रवार साँझसम्म जिल्लामा ४० जना संक्रमति भेटिएका छन । जसमध्ये ३३ जना भारतका बिभिन्न शहरबाट फर्केकाहरु हुन । यस्तै चार सुरक्षाकर्मी, एक नर्स, २ कर्मचारी र एक ६ बर्षीया बालिका छन ।

शक्रवार सम्म पीसीआर टेस्टको स्बाव संकलनका लागि १ हजार २ सय ७० भीटीएम कीट प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV