२ जेष्ठ २०७७, शुक्रबार
  • हिक्मत रावल

कैलाली, २ जेठ । कोभिड १९ को जोखिमपूर्ण समयमा अग्रपंक्तिमा रहेर सेवा गरिरहेका कैलालीका एम्वुलेन्स चालकहरुलाई कैलाली उद्योग वाणिज्य संघले स्वास्थ्य सामग्री बितरण गर्दै सम्मान गरेको छ । क्यानाडामा रहेका नरबहादुर टण्डनको आर्थिक सहयोगमा एम्वुलेन्स चालकहरुलाई स्वास्थ सामग्री बितरण गरिएको हो ।

सामाजिक दूरीलाई कायम राख्दै शुक्रवार उद्योग वाणिज्य संघको सभा हलमा गरिएको चालक सम्मान तथा प्रोत्साहन कार्यक्रममा कैलालीको ३२ जना एम्बुलेन्स चालकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले विरामीलाई अस्पतालसम्म पुर्याउन एम्वुलेन्स चालकहरुले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उनीहरुलाई खादासहित सम्मान गर्दै स्वास्थ्य सामग्री वितरण गर्नु भएको थियो । उनीहरुलाई ६०० एमएल सेनिटाइजर, प्रति व्यक्तिलाई २० मेडिकल मास्क, ग्लोब्स बितरण गरिएको थियो ।

एम्बुलेन्स चालकहरुलाई सवैले वेवास्ता गरेको गुनासो आइरहेका बेला समाजमा सकारात्मक सन्देश फैलाउन निम्ति कैलाली उद्योग वाणिज्य संघले यो सकारात्मक कार्यको थालनी गरेको हो ।

कार्यक्रममा सेती प्रादेशिक अस्पताल धनगढीका डाक्टर निराजनदत्त शर्माले एम्वुलेन्स चालक र स्वास्थ्यकर्मीहरुले एकै खाले जोखिम मोल्नु परेको बताउँदै चालकहरुलाई सवैले सम्मान गर्न आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV