२ जेष्ठ २०७७, शुक्रबार
  • सविन लामिछाने

दमौली, ०२ जेठ । तनहुँमा पौडी खेल्न खोलामा गएका एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा व्यास ६ बारबिसेका १२ वार्षीय अंकित राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो १२ बजे तिर सागे खोलामा साथीहरुसंग पौडी खेल्न गएका उनको उदार गरी उपचारको लागि दमौली अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हाल उनको शव दमौली अस्पतालमा छ र पोस्टमार्टम गर्न लागिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV