२ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, ०२ जेठ । बेलायतमा तीन जनामध्ये एक जना गरी १७.३ मिलियन मानिसहरु पहिला नै कोरोना भाइरसबाट संक्रमित हुन सक्ने विज्ञहरुले जनाएका छन् ।

म्यानचेष्टर यूनिभर्सिटीको अनुसन्धानले २९ प्रतिशत बेलायतका जनसंख्यामा अप्रिल १९ मा नै रोग भएको पत्ता लागेको विश्वास गरेको छ ।

कोभिड १९ को प्रकोप सुरू भएदेखि अनुसन्धानकर्ताहरूले संक्रमणको असरको आकलन गर्न प्रकाशित स्थानीय प्राधिकरण तथ्यांकको विश्लेषण गरेका हुन् । यसले उनीहरुलाई आर अथवा कोरोना संक्रमणको दर गणना गर्न सक्षम बनाएको छ । जसबाट कोरोना संक्रमण प्रत्येक समुदायमा एक व्यक्तिमा भएको पत्ता लागेको छ ।

टोलीले विश्लेषण गरिएको एक सय ४४ स्थानीयबाट प्रत्यक एक संक्रमितले बेलायतमा २।८ अन्यमा मार्चमा लगाइएको लकडाउन अघि नै संक्रमण फैलाएको बताइएको छ । यद्यपि यो आर दर अहिले ०.९ मा झरेको छ । यसरी आर भ्यालु सामाजिक दूरीको कारण घटेको जनाइएको छ ।

अनुसन्धानकर्ताहरुको विश्लेषणले रिपोर्ट नभएको संक्रमित २ सय भन्दा बढी भएका जनाएको छ । अप्रिलमा १९ सम्म ७३ हजार केसहरुको रिपोटृ गरिएको थियो । जस अनुसार दुई सय भन्दा बढी केसहरु रिपोर्ट हुन छुटेको बुझ्न सकिन्छ ।

म्यान्चेष्टर विश्वविद्यालयका डा एड्रियन हेल्ड, एक अनुसन्धानकर्ताले भने कोभिड १९ एक अत्यन्त संक्रामक अवस्था हो र एउटा सानो समूहका लागि धेरै खतरनाक हुन्छ।

सरकारको नीतिले व्यापक परीक्षण, सामाजिक दूरी र व्यक्तिगत सुरक्षात्मक उपकरणहरू जस्ता उपायहरू प्रयोग गरी प्रभावलाई मात्र मध्यम गर्न सक्ने भन्दै अधिकारीहरुले लकडाउनले सामाजिक र आर्थिकमा प्रभाव धेरै पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV