२ जेष्ठ २०७७, शुक्रबार

काठमाडाैं, २ जेठ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउने प्रस्ताव आएको अध्यक्ष चित्रबहादुर केसीले खुलासा गर्नुभएकाे छ ।

बिहीबार एक वक्तव्य प्रकासित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको उहाँले खुलासा गर्नुभएकाे हाे । सो प्रस्तावप्रति धन्यवाद दिँदै राजमोले अस्वीकार गर्ने अध्यक्ष केसीले जनाउनु भएकाे छ ।

एकजना मात्र प्रतिनिधि भएकाले पौडेललाई प्रतिनिधिसभाको उपसभामुख बनाउँदा संसदमा जनमोर्चाकाे राजनीतिक भूमिका नै समाप्त हुने भएकाले अस्वीकार गरेकाे केसीले बताउनु भएकाे छ ।

‘उपसभामुखको पद स्वीकार गर्न नीतिगत रूपमा हामीलाई कुनै अप्ठेरो पर्ने कुरा थिएन । तर संसदमा हाम्रो पार्टीकोतर्फबाट एकजना मात्र प्रतिनिधि भएको हुनाले उहाँलाई प्रतिनिधिसभाको उपसभामुख बनाउँदा संसदमा हाम्रो राजनीतिक भूमिका नै समाप्त हुने भएकाले हामी अहिलेको विशिष्ट अवस्थामा त्यो पदलाई स्वीकार गर्न असमर्थ भएको कुराको जानकारी गराउन चाहन्छौँ’ वक्तव्यमा भनिएको छ ।

हाल उपसभामुख पद खाली छ । सभामुख र उपसभामुख पद फरक फरक दलको हुनुपर्ने प्रावधान अनुसार नेकपाले सो पद अर्को दललाई दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV