१ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, १ जेठ । संसदीय समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले उपकरण, औषधि र दक्ष जनशक्तिको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले आइसोलेसन बेड, भेन्टिलेटरको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरुले खानुपर्ने औषधिमा अभाव हुन नदिन पनि निर्देशन दिएको हो ।

सर्वसाधारणलाई सर्वसुलभ रुपमा मास्क र सेनिटाइजरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

परीक्षणको दायरा तीब्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन र विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

यस्तै लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको सही तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV