१ जेष्ठ २०७७, बिहीबार

एजेन्सी, ०१ जेठ । टोटेनह्याम र इंग्ल्याण्डका मिडफिल्डर डेल अल्लीको घरमा चोरी भएको छ ।

लकडाउनको बेलामा डेलको घरमा चोर पसेर उनीमाथि कुटपिट समेत गरेको छ । चोरहरुले उनको घरबाट हजारौं पाउन्ड महंगो घडी र गरगहना चोरेको जनाइएको छ ।

चोरहरु घरमा पस्दा २४ वर्षीय डेल घरको माथिल्ला कोठामा उनका लामो समयदेखिको पार्टनर रुबी मे, धर्मपुत्री भाई ह्यारी, ह्यारीकी प्रेमिका र अर्का पुरुष साथीसंग थिए ।

डेलको घर बुधबार बिहान १२ बजेर ३० मिनेटभा चोरी भएको जनाइएको छ । चोरहरुले डेल र उनीसंग रहेकाहरुलाई कुटपिट गरी चोरेका बताइएको छ । चोरहरु उनको मुखमा मुक्का हानेर बहुमूल्य गरगहना र सामान चोरेर भागेका थिए ।

डेलको घरबाट दुई महँगो घडी र गरगहनाका केही सामानहरू चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरहरुको खोजी गरिरहेको छ ।

डेललाई उनका समर्थकहरुले सान्तवना दिएका छन् । उनले धन्यबाद दिएका छन् । उनी र उनका साथीहरुलाई अस्पतालमा उपचार गर्न भने लैजान नपरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV