१ जेष्ठ २०७७, बिहीबार

चितवन, १ जेठ । पूर्वी नवलपरासीस्थित देवचुलीका एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा काेराेना संक्रमित संख्या २४६ पुगेकाे छ ।

चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

योसंगै पूर्वी नवलपरासी पनि कोरोना संक्रमित जिल्लामा थपिएको छ । संक्रमणकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत पुष्टि गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV