१ जेष्ठ २०७७, बिहीबार
  • घनश्याम मिश्र

धनुषा, ०१ जेठ । जनकपुरधाम ७ स्थित एक क्वारन्टाइनमा ११ जना व्यक्तिहरु राखिएको छ । तर न त्यहाँ पानीको व्यवस्था छ । न मुख धुन ब्रश गर्ने नै ।

यस क्वारन्टाइनमा पाँचजना महिला र ६ जना पुरुष राखिएको छ । त्यसैगरी वालबालिका ४ जना राखिएको छ । यो अवस्था देख्दा दुख: लागेको जनकपुर उपमहानगरबाट खटाइएको कर्मचारी राजकुमार मंडल र दयानन्द ठाकुर बताउछन् ।

क्वारेन्टाइनमा कुनै सुरक्षा कवच नरहेको राजकुमार मंडलले न्यूज २४ लाई जानकारी दिए । के गर्ने कसो गर्ने भनेर कुनै निकायमार्फत जानकारी नआएको उनी बताउछन् ।

डस्टविनको अभावमा खाना खाएर बाटोमा नै फालिएको दृश्य सहजै देखिने उनले बताए । जनकपुरमा कोरोना पोजिटीभ देखिएका व्यक्तिका परिवारहरुलाई यति बेला जनकपुर ७ स्थित स्वस्तिक हेल्थ केअर हस्पिटलमा राखिएकाे छ ।

LIVE TV