३१ बैशाख २०७७, बुधबार
  • राजन परियार,

सिन्धुली, ३१ बैशाख । मंगलबार कोरोना पुष्टि भएका एक ब्यक्तिले सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा आफ्नो आफन्तकोमा खाना खाएर गएको खुलासा भएपछि चार वटा घर २१ दिनसम्मका लागि सिल गरिएको छ ।

उक्त संक्रमितले खाना खाएको घरसहित अन्य तीन वटा घरलाई बुधबार सिल गरिएको हो । अहिले उनका आफन्तलगायत १९ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

सोमबार बिहान ९ बजे सुनसरीबाट काठमाडौं जाने क्रममा भिमानमा ती ब्यक्ति करिब ४५ मिनेट बसेका थिए । त्यस्तै, सोही ठाउँमा खाना खाएर गएको कारण सिल गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

काठमाडौंमा स्वाब परीक्षणको क्रममा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनले खाना खाएको घरसहित चार वटा घरमा २१ दिनसम्मका लागि सिल गरिएको पान्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV