३१ बैशाख २०७७, बुधबार
  • ज्योतिकुमार पन्थी,

गुलरिया, ३१ बैशाख । गुलरिया नगरपालिकाको वडा नं १० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बिगत २२ दिनदेखि बसिरहेका ८ जना भारतीय भागेका छन् ।

आज बिहान शौंच गर्ने बहानामा उनीहरु नेपाल भारत सीमानाको बहराइच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले जनाएको छ ।

गत वैशाख ९ गतेबाट उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षण गर्दा यस अघिनै नेगेटिभ देखिएको थियो ।

उनीहरू यस अघि नै घर जान चाहेको भए पनि बहराईच जिल्लाका प्रमुखले अनुमति नदिँदा उनीहरु घर जान नपाएको गुनासो केही दिन अघि न्यूज २४ संग गरेका थिए ।

यसैबीच गुलरिया नगरपालिका वडा नम्बर १० का अध्यक्ष वीरेन्द्र चौधरीले उनीहरु बिहान करिब ३ बजे शौंच बहानामा भागेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV