३१ बैशाख २०७७, बुधबार
  • इर्फान अली,

बीरगञ्ज, ३१ बैशाख । दुईजना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगञ्जका पत्रकारले बुधबार आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् ।

पर्सामा मङगलबार एकैदिन थप ५७ कोरोना संक्रमित भेटिएका थिए । ती मध्ये वीरगञ्जका २ पत्रकार पनि छन् । दुवै पत्रकारलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिसकिएको छ ।

सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगञ्जका थप पत्रकार आतंकित भएका छन । वीरगन्ज र काठमाडौंका विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारले बुधबार नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि स्वाबको नमूना दिएका हुन् ।

बुधबार पीसीआर परीक्षणका लागि १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

संक्रमित दुई पत्रकारको परिवारका सदस्यको स्वाब पनि संकलन गरिएको उहाँले बताउनुभयो । बुधबार संकलन गरिएका स्वाब रिपोर्ट सम्भवत शुक्रबारसम्म आउने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV