३१ बैशाख २०७७, बुधबार

काठमाडौं, ३१ बैशाख । पूर्व गृहमन्त्री एवं नेकपाका नेता/सांसद भीम रावलकाे सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती सुरक्षार्मी एक महिनाअघिबाट बिदामा रहेकाे खुलेकाे छ । बिदाको समय सकिएपछि पुनः डिउटी फर्किन लाग्दा उनको स्वास्थ्य परीक्षण गरिएको थियाे । परीक्षणपछि उनमा कोरोना पुष्टि भएको हो ।

मंगलबार पाेजेटिभ देखिएका २६ जनाको रिपोर्टसँगै उनकाे रिपाेर्ट पनि पोजेटिभ देखिएकाे थियाे । भक्तपरकाे चाँगुनारायण बस्दै अाएका २७ वर्षीय ती जवानकाे रिपाेर्ट पाेजेटिभ रहेकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको छ ।

उनलाई मंगलबार राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना गरिएको छ । उनी वैशाख २ गते श्रीमती बिरामी भएको भन्दै पूर्व गृहमन्त्री भीम रावलको निवासबाट निस्किएको नेता रावल निकटका सञ्चारकर्मी एकिन्द्र कुँवरले जनाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV