३० बैशाख २०७७, मंगलवार

काठमाडौं, ३० बैशाख । नेपालमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पर्साका १८ जना, महोत्तरीका २ जना, धनुषाका दुई जना, भक्तपुरका दुई जना काठमाडौंका १ जना र सर्लाहीमा १ जना गरी जम्मा २६ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । यो सँगै आज मात्रै नेपालमा ८३ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितहरुको जम्मा संख्या २१७ जना पुगेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हासलम्म ३३ जना संक्रमितहरु निको भएर घर फर्किइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV