३० बैशाख २०७७, मंगलवार
  • तारा आचार्य,

विराटनगर, ३० वैशाख । प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका डा. सरोजप्रसाद विशाल र नेपाल होमियोप्याथिक एशोसियनका अध्यक्ष डा. घनश्याम सुवेदीले उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरीलाई सो आयुर्वेदिक औषधि हस्तान्तरण गर्नुभएको हो ।

उदयपुर उच्च जोखिममा रहेको जिल्ला भएकाले पहिलो चरणमा भुल्केमा औषधि लगिएको हो ।

नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड १९ व्यवस्थापन तथा रोकथाम संवन्धिको मापदण्ड अनुसारको औषधि त्रियुगा नगरपालिका ३ भुल्केका बासिन्दाका लागि हस्तान्तरण गरिएको हो ।

आयातित औषधि खपत गरेर नेपालमा कोरोना जित्न संभव नभएकाले स्थानीय श्रोत साधनलाई परिचालन गरेर रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि प्रयोग गर्ने प्रोटोकल तयार गरिएको हो ।

आयुर्वेदिक औषधि वितरण गर्नु अगाडि स्थानीयलाइ औषधिको बारेमा जानकारी गराईएको थियो । यसैगरी त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा क्वारेन्टाइनमा बसेका २० जना र भुल्केका सबैलाई तीन दिन सम्म पुग्ने औषधि उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV