
- विश्वराज तामाङ,
उदयपुर, ३० बैशाख । कोरोना प्रभावित उदयपुर जिल्लामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुका स्वास्थ्य सुरक्षाको लागि विभिन्न क्षेत्रका सामाजिक संघ संस्थाहरुले स्वास्थ्य सामग्री सहयोग गर्ने क्रम बढेको छ ।
रोटरी क्लब अफ गोंगबुले उदयपुरमा कोरोना भाईरसको संक्रमण थप फैलन नदिन अग्रपंक्तिमा रहेर काम गर्ने विभिन्न निकायहरुलाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

रोटरी क्लब अफ गोंगबुले नेपाल पत्रकार महासंघ उदयपुर, जिल्ला प्रहरी कार्यालय, त्रियुगा नगरपालिका र जिल्ला अस्पताल उदयपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छ ।
रोटरी क्लबका तर्फबाट अध्यक्ष महेश बस्नेत सहित उपाध्यक्ष महेश्वरमानसिंह बस्नेत सचिव सुदीप बस्नेत सहितको टोलीले करिब चार लाख रुपैया बराबरको सामग्री उदयपुरमा हस्ताणतरन गरेको हो ।
कोरोना भाईरसको जोखिम न्यूनीकरण गर्नका लागि संक्रमणको समयमा अग्रपक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीका लागि सामग्री प्रदान गरिएको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष महेश बस्नेतले जानकारी दिनु भयो ।
शुक्रबार काठमाडौंदेखि रोटरी अध्यक्ष महेश बस्नेत नेतृत्वको टोलीले पत्रकार महासंघ उदयपुरलाई पीपीई १५ थान, ग्लोब्स १०० जोर, स्यानिटाईजर ५० पिस, माक्स एक हजार थान र फ्रेस माक्स एक सय थान उपलब्ध गराएको हो ।
सो क्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले विषयम परिस्तिथिमा सहयोग प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यता उदयपुर जिल्ला अस्पतालको लागि पीपीई १५ सेट, ग्लोबस एक सय जोर, ह्याण्डवास लिक्वीड १ जार, मास्क एक हजार थान र फ्रेस माक्स ५० थान उपलब्ध गराएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खड्ग परियारले विभिन्न सामाजिक संघ संस्थाले गरेको यस किसिमको सहयोगले स्वास्थयकर्मीहरुको मनोवल उच्च हुने बताउनु भयो ।
यता त्रियुगा नगरपालिकालाई पिपिई १५ सेट, ग्लोब एक सय जोर, ह्याण्ड वासिङ १ जार, माक्स एक हजार थान, र फ्रेस माक्स ५० थान नगर प्रमुख वलदेव चौधरीलाई हस्ताणतरन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरलाइ पीपीई १५ सेट, ग्लोब एक सय जोर, ह्याण्डवास जार १ थान, माक्स एक हजार थान र फ्रेस माक्स एक सय थान प्रहरी प्रमुख वीर बहादुर बुढामगरलाई हस्तान्तरण गरिएको छ ।
उदयपुरमा रोटरीसंगै उदयपुरमा नेपाल रेडक्रस सोसाईटी, गैसस महासंघ, राजनैतिक दल, जनप्रतिनिधि लगायतका व्यक्तिहरुले पनि स्वास्थ्य सामग्री वितरण गर्दै आएका छन् ।